एन्फाका पदाधिकारीलाई विश्वकप खेलाउने देशबाट शुभकामना

एन्फाका पदाधिकारीलाई विश्वकप खेलाउने देशबाट शुभकामना

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारीलाई फिफा विश्वकप २०२२ आयोजक राष्ट्र कतारको फुटबल संघले बधाई तथा शुभकामना दिएको छ ।

असार ६ गते भएको एन्फा चुनावमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई छ मतले पराजित गर्दै पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए । पंकज अध्यक्षमा निर्वाचित भएको नौ दिनपछि बुधबार पत्र लेख्दै कतार एफएले सफल कार्यकालको शुभकामनासहित सहकार्य गर्न तयार भएको प्रतिक्रिया दिएको हो ।

हाल कतार एफएले नेपाललाई सहिद स्मारक ‘ए’ डिभिजन लिगको स्पोन्सर र नेपाली राष्ट्रिय फुटबल टोलीको कतारमा तयारी व्यवस्थासहित घाइते खेलाडीको अस्पेटार अस्पतालमा उपचार गराउन सहयोग गर्दै आएको छ ।

यस्तै, उसले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई समेत नेपालमा अनुदानमा प्रशिक्षण दिन पठाएको हो ।

टिप्पणीहरू