अब भाउजू कमरेड फुक्काफाल

अब भाउजू कमरेड फुक्काफाल

पटक–पटक विवाद र चर्चामा आइरहने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली खत्रीले पदबाट राजीनामा दिएकी छन् । उनले अस्ति मुख्यमन्त्री कार्यालयमा बुझाएको राजीनामा आज स्वीकृत भएको हो ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती मगरका अनुसार वलीले अस्ति बुझाएको राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले आज स्वीकृत गरेका हुन् । औपचारिक रूपमा राजीनामा स्वीकृत भएपछि आजै प्रदेशसभालाई जानकारी गराउने कार्यक्रम रहेको घर्तीले बताए ।

पति उत्तरकुमार वलीको निधनपछि भएको उपचुनावमा तत्कालीन नेकपाको तर्फबाट दाङमा चुनाव जितेकी वली पछिल्लो एक वर्ष चर्चा र विवादको केन्द्रमा थिइन् ।

प्रदेशसभाको अंकगणितमा उनी जता लाग्यो उतै सरकार बन्ने अवस्थाका बीच एमाले र माओवादीको तानातानमा परेकी उनले अन्ततः माओवादीलाई साथ दिएपछि शंकर पोखरेल नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि बनेको माओवादी नेता केसी नेतृत्वको सरकारमा वली राज्यमन्त्री भएकी थिइन् ।

पछिल्लो समय प्रेमी तथा वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेको भन्दै वली विवादमा तानिएकी थिइन् । दाङको तुलसीपुरस्थित बस्नेतको घरभित्रै पसेर कुटपिट गरेपछि बस्नेतकी श्रीमती मिना भण्डारीले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।

तुलसीपुर प्रहरीमा जाहेरी परेपछि थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय दाङ पठाइएकोमा मुख्यमन्त्री केसीको विशेष पहलमा उनलाई रातारात हिरासतबाट छुटाएर बुटवल पुर्याइएको थियो । उक्त घटनाको बिषयमा छानबिन गर्न प्रदेश सरकारले जाँचबुझ समितिसमेत गठन गरेको थियो ।

टिप्पणीहरू