एमाले वडाध्यक्ष बलात्कार आरोपमा समातिए

एमाले वडाध्यक्ष बलात्कार आरोपमा समातिए

गत वैशाख ३० को स्थानीय निर्वाचनमा एमालेबाट वडाध्यक्ष जितेका बैतडीका शरद सिंह नेगी बलात्कार आरोपमा पक्राउ परेका छन् । मेलौली नगरपालिका वडा नम्बर– १ का वडाध्यक्ष नेगी र सोही ठाँउका केशव सिंह नेगीविरुद्ध बलत्कारको आरोप लागेको हो ।

पीडित महिलाले हिजो साँझ दिएको जाहेरीका आधारमा उनीहरूलाई राति १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । महिलाको आज बिहान जिल्ला अस्पताल बैतडीमा स्वास्थ्य परीक्षण गरिएको छ । उनको अवस्था सामान्य रहेकाले उनी घर फर्किसकेको जोशीले बताए ।

वडाध्यक्ष शरद र केशवविरुद्ध अदालतबाट म्याद थपेर अरु अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

टिप्पणीहरू