प्रशोधन नगरेको पानी बेचे कारबाही

प्रशोधन नगरेको पानी बेचे कारबाही

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पानी उद्योगीहरुलाई प्रशोधित पिउने पानी मात्र बिक्री गर्न निर्देशन दिएको छ । वर्खायाम शुरु भएसंगै उपत्यकामा हैजाका संक्रमित देखिन थालेपछि विभागले यस्तो निर्देशन दिएको हो ।

विभागले प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ बमोजिमको प्रावधान पूरा नगरी पानी उत्पादन तथा बिक्री वितरण गरेको पाइए कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।

साथै, विभागले खाद्य ऐन नियमअनुसार अनुज्ञापत्र लिई नवीकरण अद्यावधिक गराउन सूचित गरेको छ ।

अन्यथा खाद्य ऐन नियमअनुसार कारबाही गरिने चेतावनी विभागले दिएको छ । त्यसैगरी, पानीको बोतल–जारको लेवल सुनिश्चित गरेर मात्र पानी उपभोग गर्न विभागले भनेको छ ।

बागबजार, डिल्लीबजार र सानेपाको पानीमा हैजाका जीवाणु भेटिएको छ ।

टिप्पणीहरू