वर्षाका कारण इटहरीका स्कुल बन्द

वर्षाका कारण इटहरीका स्कुल बन्द

अविरल वर्षाका कारण वस्ति डुबानमा परेपछि इटहरीका विद्यालयहरु बन्द भएका छन् । इटहरी उपमहानगरपालिकाले पालिकाभित्रका सबै विद्यालय तीन दिनसम्म बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखाका उपसचिव सूर्यप्रसाद सुबेदीले विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण विद्यालयको पठन पाठनमा कठिनाइ भएको बताए । सञ्चित विदाबाट कट्टा हुनेगरी आजदेखि शुक्रबारसम्म उपमहानगरपालिका अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयहरुमा विदा दिन उनले आग्रह गरेका छन् ।

‘सञ्चित विदाबाट कट्टा हुनेगरी तीन दिनका लागि इटहरी उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरु विदा गर्नु गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,‘ सुवेदीले जारी गरेको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू