बालुवाटारमा बिहानै लागेको आगो बल्ल नियन्त्रणमा

बालुवाटारमा बिहानै लागेको आगो बल्ल नियन्त्रणमा

बालुवाटारस्थित चिनियाँ दूतावास नजिकै लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान भएको आगलागीलाई केहीबेरको प्रयासपछि नियन्त्रणमा लिइएको हो ।

दूतावास अघिल्तिर सुनौलो परिवार नेपाल रहेको भवनमा आज बिहान साढे ६ बजे लागेको आगो केही घण्टाको प्रयासमा निभाइएको हो ।

आगो काठमाडौं महानगरपालिकाअन्तर्गत जुद्ध बारुण यन्त्रका दुई, नेपाल प्रहरीको दुई, ललितपुर महानगरपालिकाको एक, कीर्तिपुर नगरपालिकाको एक र नेपाली सेनाको एउटा दमकलले आगो निभाएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।

आगलागी नियन्त्रणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाली सेनाको दुर्गाबक्स गणबाट क्याप्टेन सजिश खड्काको नेतृत्वमा ३४ जना,नेपाल प्रहरीबाट दिनेश मैनालीको कमाण्डमा ५० जना तथा सशस्त्र प्रहरी बलको २४ नम्बर गुल्मका गुल्मपति डिएसपी रविन भुजेल र २१ नम्बर गणका गणपति एसपी पूर्ण साउदसहित झण्डै तीन दर्जनको टोली खटेको थियो ।

टिप्पणीहरू