सिंगो कम्युनिष्ट पार्टी बनाउने विप्लवका केन्द्रीय सदस्यहरुको कोटेश्वरमा उद्घोष

सिंगो कम्युनिष्ट पार्टी बनाउने विप्लवका केन्द्रीय सदस्यहरुको कोटेश्वरमा उद्घोष

विप्लव नेकपाबाट अलग भएका ओमप्रकाश पुनको नेतृत्वमा चार जना केन्द्रीय सदस्यसहित ६७ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

आज बिहान माओवादी केन्द्रको मुख्यालय कोटेश्वरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उहाँहरूलाई स्वागत गर्नुभएको हो । नेता पुनसँगै पार्टी परित्याग गरेका केन्द्रीय सदस्यमा शंकर खड्का, दलबहादुर धामी र रमेश परियार हुन् ।

पुनसहित चार जना केन्द्रीय सदस्यले केही दिनअघि मात्रै संयुक्त विज्ञप्ति मार्फत् कम्युनिष्ट पार्टीहरूलाई एक गर्ने उद्देश्यले विप्लव नेतृत्वको पार्टीबाट अलग भएको बताएका थिए ।

टिप्पणीहरू