चिनियाँसंग प्रतिव्यक्ति ४८३ किलोग्राम अन्न

चिनियाँसंग प्रतिव्यक्ति ४८३ किलोग्राम अन्न

सन् २०२१ मा चीनको प्रतिव्यक्ति अन्नको अंश ४८३ केजी पुगेको छ, जुन अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त ४०० केजीको सुरक्षा रेखाभन्दा बढी रहेको देशका कृषि अधिकारीले सोमबार बताएका छन्।

खाद्यान्नमा आधारभूत आत्मनिर्भरता र मुख्य खाद्यान्नमा पूर्ण सुरक्षा हासिल गर्दै लगातार सात वर्षसम्म चीनको अन्न उत्पादन ६५० अर्ब किलोग्राम नाघेको कृषि तथा ग्रामीण मामिलाका उपमन्त्री देङ सियाओगाङले एउटा पत्रकार सम्मेलनमा जानकारी गराएको उल्लेख गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

गएको दशकमा,चीनले आफ्नो कृषि पूर्वाधारमा उल्लेखनीय सुधारहरू गरेको र आफ्नो खेती क्षेत्र १.८ (लगभग १२० मिलियन हेक्टर) भन्दा माथि रहेको सुनिश्चितता गरेको बताइएको छ ।

सन् २०२२ मा चीनले ६.६७ मिलियन हेक्टर उच्च स्तरको खेती जग्गा विकास गर्ने,कालो माटो संरक्षणमा राष्ट्रिय परियोजनाहरू प्रवर्धन गर्ने र तेस्रो राष्ट्रव्यापी माटो अवस्था गणना शुरु गर्ने लक्ष्य राखेको जनाइएको छ ।

टिप्पणीहरू