नवलपुरमा पूर्व–पश्चिम जाने सवारी साधनको लाइन

नवलपुरमा पूर्व–पश्चिम जाने सवारी साधनको लाइन

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड पुनः अवरुद्ध भएको छ । पुल बनाउने क्रममा तयार पारिएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि आज बिहानदेखि सडक आवागमन अवरुद्ध भएको हो ।

अविरल वर्षाका कारण स्थानीय खोलामा आएको बाढीले नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सीमामा पुल निर्माणको क्रममा बनाइएका तीन वटा डाइभर्सन बाढीले बगाएको छ । सडक अवरुद्ध भएपछि पूर्व र पश्चिम जान लागेका सवारीसाधनहरुको लाइन लागेको छ ।

सडक सुचारु गर्न केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जयराम पन्तले जानकारी दिए । अहिले सडक सुचारुको निम्ति आवश्यक काम भइरहेको छ ।

टिप्पणीहरू