यस्तो छ राजधानी छिर्ने र बाहिरिने राजमार्गको पछिल्लो अवस्था

यस्तो छ राजधानी छिर्ने र बाहिरिने राजमार्गको पछिल्लो अवस्था

अस्तिदेखि परेको अविरल वर्षाको कारण हिजो झापा, मोरंग, रुपन्देहीलगायतका जिल्लाका अधिकांश शहरी क्षेत्र डुवानमा परेका छन् । हिजो ठाउँ ठाउँमा पहिरो गएको थियो ।

आज पनि रातभरको वर्षाले त्यस्तै त्रास बढाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार अत्यावश्यक बाहेकको अवस्थामा राजमार्ग र जोखिमयुक्त सडकमा सवारी साधनको प्रयोग नगर्न सर्वसाधारणलाई सचेत गराएको छ ।

आज बिहानसम्म त्रिभुवन राजपथको कलंकीदेखि नौबिसेहुँदै हेटौंडासम्म कुनै पनि ठाउँमा अवरुद्ध नरहेको जानकारी दिइएको छ ।

तर पृथ्वीराजमार्गको गल्छीमा पहिरोले सवारी आवागमनमा असर पुर्याएको छ । गल्छी गाउँपालिका ६, महेश दोभानमा झरेको पहिरोका कारण राजमार्गको दुवैतर्फको सवारी आवागमन रोकिएको हो ।

तर सोही राजमार्गको मुग्लिन–नारायणगढ र मुग्लिन–पोखरा खण्डमा आज बिहानसम्म कुनै अवरोध देखिएको छैन ।

टिप्पणीहरू