ओलीलाई अपुतो भनेपछि कैलालीका एमाले अध्यक्ष पदमुक्त

ओलीलाई अपुतो भनेपछि कैलालीका एमाले अध्यक्ष पदमुक्त

पार्टी अनुशासन, आर्थिक अनिमियतता, दुई विवाह, परस्त्रीसंगको सम्वन्ध, छाडा कुराकानीको सम्वाद लगायतका दर्जनौ काण्डमा जोडिएर चर्चामा आउने एमाले कैलालीका अध्यक्ष रतन थापा पदमुक्त भएका छन् ।

जिल्ला कमिटीको सचिवालयको सिफारिस, जिल्ला इन्चार्ज नारदमुनी रानाको स्पष्टीकरण र कार्वाहीको सिफारिसका आधारमा प्रदेश कमिटीले थापालाई पदमुक्त गरेको हो । उनी कैलाली क्षेत्र नम्बर २ क बाट निर्वाचित प्रदेश सभा सदस्य पनि हुन ।

नेकपा एमालेका कैलाली अध्यक्ष रतन थापालाई सुदूरपश्चिम प्रदेश कमिटिले अनुशासनको कारबाही गरेको छ । नेकपा र पछि एमाले समेत विभाजित हुँदा भएको जिल्ला अधिवेशनबाट केन्द्रीय सचिव लेखराज भट्टको विषेश सहयोगमा उनी अध्यक्षमा निर्वाचित भएका थिए । खासगरेर एमाले भित्रका माओवादीहरुले उनलाई एकलौटी सहयोग गर्दा चार मतले विभाजित भएका हुन ।

उनलाई एमालेका अर्का स्थायी समिति सदस्य कर्णबहादुर थापाको पनि सहयोग थियो । स्थानीय तहको निर्वाचनमा लम्कीचुहाँ र घोडाघोडी नगरपालिकामा एमाले हराउन अनके हतकण्डा प्रयोग गरेको आरोप उनीमाथि लगाइएको छ । यसअघि जिल्ला इन्चार्ज नारदमुनी रानाले उनलाइए २३ वुँदे आरोप सहितको स्पष्टीकरण सोधेका थिए ।

यद्यपी थापाले सो आरोप पत्रको स्पष्टीकरण नदिएर स्थानीय एक रेडियोमा रानाको आर्थिक र महिलासंग जोडेर उल्टो बदख्याइ गरेका थिए । प्रदेश अध्यक्ष दामोदर भण्डारी, प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्ट, कैलाली इन्चार्ज नारदमुनी राना, प्रदेश कमिटीका पदाधिकारी लगायतको बैठकले मंगलबार कारवाही गरेको स्रोतले जनाएको छ ।

ओलीलाई अपुतो भनेपछि कारवाही एमाले अध्यक्ष केपी ओलीलाई अपुतो भनेपछि थापा कारवाहीमा परेका हुन । जिल्ला अध्यक्ष भएर पनि वेवास्ता गर्न थालेपछि थापाले कार्यकर्ताहरुसंग अपुतोबाट पार्टी चल्दैन, एमालेको भविश्य छैन भन्न थालेका थिए । त्यो कुरा ओलीलाई पुगाइएको एमाले स्रोतको भनाइ छ ।

एमालेका एक नेता भन्छन् थापालाई कारवाही गर्ने भए पहिले नै गर्नु पर्ने थियो । जवकी उनले दुई विहे गरेको, जेठी पट्टीका सन्तालाई वेवास्ता गरेको, प्रदेश सभाका सदस्यका हैसियतले दिलाएका योजनाबाट कमिशन मागेको, परस्त्रीसंग सम्वन्ध बनाएको र अश्लिल टेलिफोन सम्वाद साामजिक सञ्जालमा आएका थिए । त्यती बेला ओलीले थापालाई च्यापे अहिले आफ्नै बारेमा टिप्पणी गर्न थालेपछि कारवाही गरे ।

थापा रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गर्ने प्रयासमा छन् । तर रेशमले पनि वास्ता नगरेको बताइएको छ ।

टिप्पणीहरू