सर्वोच्चले अन्तरिम आदेश नदिएपछि बुढीगंगामा पुनः मतदानको बाटो खुल्यो

सर्वोच्चले अन्तरिम आदेश नदिएपछि बुढीगंगामा पुनः मतदानको बाटो खुल्यो

सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुढीगंगाका दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाटै मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाई गर्दै कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले अन्तरिम आदेश दिन नपर्ने ठहर सुनाएको हो ।

गत वैशाख ३१ गते मतदानका क्रममा विवाद भएपछि निर्वाचन आयोगले असार २३ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध निर्वाचन आयोगमा रिट दायर भएको थियो ।

तर, अदालतले पुनःमतदान रोक्ने विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचनका लागि बाटो खुलेको छ ।

टिप्पणीहरू