अमेरिकी राष्ट्रपतिकाे परिवारमाथि रुसी प्रतिबन्ध

अमेरिकी राष्ट्रपतिकाे परिवारमाथि रुसी प्रतिबन्ध

रुसले अमेरिकी राष्ट्रपति जो बाइडेन, उनकी श्रीमती र छोरीलाई प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपतिसँगै अन्य २३ जना अमेरिकीलाई पनि रुसको यात्रामा प्रतिबन्ध लगाइएको त्यहाँको विदेश मन्त्रालयले जनाएको हो ।

अमेरिकाले लगाउँदै आएको विभिन्न प्रतिबन्धको प्रतिक्रियास्वरुप रुपले पनि २५ अमेरिकी नागरिकलाई रुसको यात्र प्रतिबन्ध लगाएको बताइएको छ । तीमध्ये अधिकांश अमेरिकी सिनेटरहरु हुन् ।

त्यसैगरी केही विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता र अमेरिकी सरकारका पूर्वअधिकारी पनि प्रतिबन्धको सूचीमा परेका हुन् ।

टिप्पणीहरू