स्लोभाकिया गएर कुस्त कमाउने लोभमा तीन जना ठगिए

स्लोभाकिया गएर कुस्त कमाउने लोभमा तीन जना ठगिए

स्लोभाकिया गएर आकर्षक तलब पाउने लोभमा परेका कावासोतीका रोशन भण्डारीसहित तीन जना ठगिएका छन् ।

दलालले स्लोभाकिया पठाएर एक लाख ३० हजार रुपैयाँ मासिक तलब पाउने काम लगाइदिने प्रलोभन देखाएपछि लोभिएका कावासोती घर भई काठमाडौं बस्ने भण्डारीसहित तीन जना ठगिएका हुन् । उनीहरुबाट दलालले पाँच लाख रुपैयाँ लिएको प्रहरीको भनाइ छ ।

पाँच लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले गुल्मीको धुर्कोट घर भई हाल काठमाडौंको सामाखुसी बस्ने ३२ वर्षका ईन्द्रबहादुर पछाईलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका अनुसार पक्राउ परेका पछाईलाई थप अनुसन्धानको निम्ति वैदेशिक रोजगारी विभागमा पठाइएको छ ।

टिप्पणीहरू