आज पनि कोरोनाबाट ४४ जना संक्रमित

आज पनि कोरोनाबाट ४४ जना संक्रमित

देशभर आज थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार सात सय ९८ जनामा परीक्षण गर्दा पिसीआर विधिबाट ३८ तथा एन्टिजेन विधिबाट ६ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा १७ जना छन् । आज ललितपुरमा ६ जनामा संक्रमण पुष्टि भएको छ । तर कोरोनाका कारण कसैको मृत्यु भएको छैन ।

हाल देशभर २२९ जना सक्रिय संक्रमित छन् । बितेको २४ घण्टामा थप एक लाख ३६ हजार नौ सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ११ हजार नौ सय ५२ जनाको मृत्यु भएको छ ।

टिप्पणीहरू