ऋण मोचनको माग गर्दै पेरिसमा अनौठो बिरोध (भिडियोसहित)

ऋण मोचनको माग गर्दै पेरिसमा अनौठो बिरोध (भिडियोसहित)

हिजो सोमबार जलवायु अभियानकर्मीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को पेरिसस्थित कार्यालयको ढोकामा गमले आफ्नो हात टाँसेर कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । उनीहरुले जलवायु परिवर्तनबाट परेको असरसँग जुध्ने कार्यम सहयोग पुर्याउन विकासोन्मुख देशहरूको ऋण खारेज गर्न माग गर्दै उक्त कार्यक्रम गरिएको हो ।

पेरिसको विरोध कार्यक्रम ‘जलवायुको लागि ऋण’ विश्वव्यापी अभियानको एक हिस्सा रहेको बताउँदै उनीहरुले हिजोदेखि जर्मनीमा भेला भएका विश्वका धनी देशका सत्तारुढ नेताहरुको ध्यानाकर्षण गराउन गरिएको बताइएको छ ।

जी ७ शिखर सम्मेलनमा भाग लिइरहेका धनी र विकसित राष्ट्रका नेताहरूलाई गरिब र मुलुकहरूको ऋण मोचनको आग्रह गर्दै उक्त अनौठो विरोध कार्यक्रम गरिएको आयोजकहरुले बताएका छन् ।

विरोधको क्रममा एक्स्टिङ्सन रेविलिओन, युथ फर क्लाइमेट र ३५० ओआरजी संस्थाका कार्यकर्ताले भवनको प्रवेशद्वारमा आफ्ना हातलाई गम लगाएर काँचको ढोकामा टाँसेका थिए । बाहिर बसेका प्रदर्शनकारी पनि प्रहरीले आफ्नो हात छुटाउन नसकोस भन्दै ट्युबभित्र हात समातेर भुईंमा पलेटी कसेर बसेका थिए ।

समूहले जी ७ जिम्मेवार, मुद्रा कोष दोषी लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

श्रोत: एएफपी र अन्य समाचार एजेन्सी

 

टिप्पणीहरू