जताततै पहिरो, लमजुङ र चामे जाने सडकमा सवारी साधन रोकियो

जताततै पहिरो, लमजुङ र चामे जाने सडकमा सवारी साधन रोकियो

हिजो साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले डुम्रे–बेँसीसहर र बेँसीसहर–चामे सडकको ठाउँ ठाउँमा पहिरो गएको छ । बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै पहिरो गएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार वैकल्पिक रुपमा खोलिएको आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोड्ने सडक पनि पहिरोका कारण बन्द भएको छ ।

उता बेँसीसहर–चामे सडकखण्डको बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा पनि पहिरो गएको बताइन्छ । एक सय पाँच किलोमिटर लामो डुम्रे चामे सडकमा गएको पहिरोका कारण गए रातिदेखि सवारी साधन रोकिएका छन् ।

टिप्पणीहरू