एनआई सी एशिया बैंकको आक्रामक क्यूआर कोड वितरण अभियान

एनआई सी एशिया बैंकको आक्रामक क्यूआर कोड वितरण अभियान

‘डिजिटल फस्र्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप एनआई सी एशिया बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने रणनीति लिएको छ । एनआई सी एशिया बैंकले डिजिटल भुक्तानी प्रवद्र्धन गर्नका लागि प्रदेश १ स्थितमोरङ्ग जिल्लाको विराटनगर शाखाबाट धेरै संख्यामा क्यूआर कोड वितरण शुरु गरेको छ । बैंकले ती स्थानमा चार सय वटा अटो रिक्सा एवं सिटी सफारी जस्ता सवारी साधनहरुमा क्यूआर कोड वितरण गरेको हो ।

बैंकले एक कार्यक्रमका बीच बैंकका प्रदेश १ का प्रमुख विकास खरेलले यस क्षेत्रमा डिजिटल कारोबार बढाउन नगर क्षेत्रभित्र रहेका चार सयभन्दा बढी इ–रिक्सा सदस्यहरुलाई उक्त क्यूआर भुक्तानी सेवावितरण गर्नुभएको हो । क्यूआर कोड सेवा लिन बैंककोे सर्वश्रेष्ठ सहज बचत खाता खोलेका ग्राहकहरुलाई बैंकले शुन्य मौज्दातमै १ वर्षको निमित्त १० लाख रकम बराबरको दुर्घटना बीमा समेत उपलब्ध गराएको छ ।

‘क्यूआर सेवाबाट कारोबार गर्दा समग्र नगर क्षेत्रमा डिजिटल कारोबारलाई बढाउन टेवा मिल्नेमा हामी विश्वस्त छौं,’ बैंकका प्रदेश १ प्रमुख विकास खरेलले भने, ‘साथै बैंकले दिन लागेको निःशुल्क १० लाख रुपैयाँको दुर्घटना बीमाले यातायात सेवा प्रदायकलाई भविश्यमा आइपर्न सक्ने भवितव्यलाई मल्हम लगाउन समेत ठूलो सहयोग मिल्नेछ । क्यूआर वितरण कार्यक्रममा बोल्दै विराटनगर उप–प्रादेशिक प्रमुख दिवाकर भट्टराईले यसरी क्यूआर कोडबाट डिजिटल भुक्तानी लिई बैंकमा बचत गर्दा आम्दानीको उचित सदुपयोग हुने बताए ।

बैंकले थालेको क्यूआर कोड वितरण अभियानले विराटनगर क्षेत्रमा रहेका यातायात सेवाहरुमा डिजिटल कारोबार गर्दा नगद कारोबारमा जस्तो खुद्रा रकमको जोहो गर्न नपर्ने हुँदा यसबाट सवारी साधन प्रयोगकर्ता एवं सेवा प्रदायकलाई खुद्रा रकमको झन्झटबाट समेत मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंकले नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछ्याउदै देशका हरेक क्षेत्रमा बढीभन्दा बढी क्यूआर भुक्तानी सेवा वितरण गर्ने अभिलाषा लिइरहेकोमा प्रदेश १ का विरटनगर, इटहरी, धरान, दमक, विर्तामोड लगायतका क्षेत्रमा २५ सयभन्दा बढी क्यूआर कोड वितरण गर्ने तयारी गरिरहेको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको छ । बैंकले गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुनमुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान हो ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

टिप्पणीहरू