बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त तारकेश्वरबाट पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त तारकेश्वरबाट पक्राउ

प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई राजधानीबाटै पक्राउ गरेको छ । पक्राउ परेकामा मन्थली नगरपालिका १३ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ बस्ने ३२ वर्षीय रामचन्द्र थापा मगर हुन् ।

उच्च अदालत पाटनले २०७६ माघ १९ गते मगरलाई ४८ लाख ९५ हजार जरिवाना र एक लाख ९६ हजार क्षतिपूर्ति शुल्क भराउने फैसला गरेको थियो ।

साथै २०७८ कात्तिक २८ गते १० लाख जरिवाना, तीन दिन कैद र चार लाख ७० हजार जरिवाना, तीन दिन कैद र १८ हजार आठ सय क्षतिपूर्ति शुल्क भराउने फैसलामा जम्मा ६३ लाख ६५ हजार ५ सय रुपैयाँ जरिवाना र छ दिन कैद एवम् दुई लाख ५४ हजार आठ सय रुपैयाँ क्षतिपूर्ति ठहर भएकोमा उनले जरिवाना, कैद र क्षतिपूर्तिसमेत नतिरी फरार भएका थिए ।

प्रहरीले काठमाडौंको तारकेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत ललितपुर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

टिप्पणीहरू