आफ्नै सरकारले ल्याएको निर्णयविरुद्ध काँग्रेस

आफ्नै सरकारले ल्याएको निर्णयविरुद्ध काँग्रेस

नेपाली काँग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले सवारी साधनको एकै वर्षमा दुई पटक नवीवरण गर्नुपर्ने निर्णय गरिएको भन्दै काँग्रेसकै जिल्ला सभापतिहरुले आपत्ति जनाएका छन् ।

प्रदेशका जिल्ला सभापतिहरुले संयुक्त विज्ञप्तिमार्फत् प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सवारी नवीकरण वर्षमा दुई पटक गर्नुपर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनीहरुले यो निर्णय तत्काल सच्याएर सरकार जनमुखी हुनपर्नेमा जोड दिएका छन् । जनविरोधी निर्णयले आगामी दिनहरुमा पर्ने असरको जिम्मा स्वयम् सरकारले लिनुपर्ने काँग्रेसका जिल्ला सभापतिहरुको चेतावनी छ ।

‘यो निर्णय तत्काल सच्याएर सरकार जनमुखी एवम् जनउत्तरदायी बनोस् अन्यथा यसप्रकारको जनविरोधी निर्णयबाट आगामी दिनमा आइपर्ने क्षति व्यहोर्न सरकार तयार रहोस् भन्ने चेतावनी दिन चाहन्छौं,’ विज्ञप्तिमा लेखिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य सामग्रीमा बढेको चर्को महँगीले नागरिकहरुले ठूलो मार खेप्नु परेको भन्दै उनीहरुले प्रदेश सरकारले लिएको नीति जनघाती ठहर भएको दाबी गरे । साथै, सरकारको उक्त निर्णयप्रति नागरिकहरुले व्यापक आलोचना रहेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले उत्पादन बढाउने कार्यक्रम ल्याएर जनतालाई आत्मनिर्भर बनाउने र रोजगारीको सिर्जना गर्नुपर्ने भए पनि जनताले अनावश्यक हैरानी खेप्नुपर्ने गरी निर्णय हुनु आपत्तिजनक भएको उनीहरुको भनाइ छ ।

टिप्पणीहरू