आज ४१ जनामा संक्रमण, २० जना निको

आज ४१ जनामा संक्रमण, २० जना निको

बितेको २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर गरिएको दुई हजार तीन सय ३७ पिसीआर परिक्षणका क्रममा ३६ जना र एक हजार २१ एन्टीजेन परिक्षणका क्रममा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आज कसैको मृत्यु भएको छैन । कोरोना संक्रमणबाट आज २० जना निको भएका छन् । हालसम्म नेपालमा नौ लाख ६७ हजार चार सय नौ जना निको भएका छन् ।

टिप्पणीहरू