मन्त्रालयको गति चार सयको स्पिडमा : मन्त्री चौधरी

मन्त्रालयको गति चार सयको स्पिडमा : मन्त्री चौधरी

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै एकीकृत समाजवादीबाट मन्त्री बन्नु भएका सहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार पुग्नु भएको छ ।

मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री चौधरीले अबको यात्रा तीब्र गतिमा हुने प्रतिक्रिया दिनु भएको हो । उहाँले, ‘अब मेरो यात्रा स्पोर्टस् बाइकको जस्तो हुने भन्दै आफ्नो गति थ्री हन्ड्रेड, फोर हन्ड्रेड स्पिडमा हुने बताउनु भयो ।’

आफू छोटो समयको लागि धेरै काम गर्न आएको र पदको दुरुपयोग नगरी क्षमताअनुसार काम गर्ने उहाँको प्रतिबद्धता थियो । सुस्त गतिमा काम गर्ने आफ्नो स्वभाव नभएको बताउँदै मन्त्री चौधरीले छोटो समयमा धेरै काम गरेर देखाउनु पर्ने जिम्मेवारी आफूमा रहेको जानकारी दिनुभयो ।

टिप्पणीहरू