चर्चित जोडीले विवाह गरेकै वर्ष सन्तान जन्माउने

चर्चित जोडीले विवाह गरेकै वर्ष सन्तान जन्माउने

बिहे गरेको दुई महिनामा नै बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्न लागेकी छन् । आज इन्स्टाग्राममा भिडियो एक्सरे गरेको फोटो सेयर गर्दै उनले आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् ।

बलिउड अभिनेता रणवीर कपुरसँग विवाह गरेको दुई महिनामा अभिनेत्री आलिया गर्भवती भएको खबरले उनीहरुका प्यान अहिले छक्क परेका छन् । अलियाले इन्स्टाग्राममा सेयर गरेको तस्बिरमा उनका श्रीमान् रणवीर पनि देखिएका छन् ।

तस्बिरमा आलिया अस्पतालको बेडमा मुस्कुराएको देखिन्छिन् भने रणवीर उनको छेउमा बसेर भिडियो एक्सरे हेरिरहेका छन् । अस्पतालको बेडमा सुतेको फोटो पोष्ट गर्दै लेखेकी छन्, ‘हाम्रो बच्चा छिट्टै आउँदैछ ।’

पाँच वर्ष लामो प्रेमसम्बन्धलाई रणवीर र आलियाले गत अप्रिल १४ मा बिहेमा परिणत गरेका थिए । निकै गोप्य रुपमा गरिएको उनीहरुको विवाहमा नजिकका साथीभाइ र परिवारका सदस्यहरुको मात्र उपस्थिति थियो ।

चलचित्र ‘ब्रह्मास्त्र‘ को सुटिङबाट एक अर्कासँग नजिकिएका उनीहरु सोही समयबदेखि प्रेम सम्बन्धमा परेको बताइन्छ ।

टिप्पणीहरू