सिटिजन्सको शाखारहित बैंकिङ सेवा माओवादीको आधारभूमिमा

सिटिजन्सको शाखारहित बैंकिङ सेवा माओवादीको आधारभूमिमा

सिटिजन्स बैंक इन्टरनेसनलले रुकुम पूर्वको भूमे गाउँपालिका ९ चुनवाङमा ९६ओैँ शाखारहित बैकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी भीमप्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुने छ ।

उक्त सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवम् बैंकिङ्ग सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

टिप्पणीहरू