शपथ खानासाथ मन्त्रीहरु सिंहदरवारतिर

शपथ खानासाथ मन्त्रीहरु सिंहदरवारतिर

राष्ट्रपतिसामु शपथ खाएका हिजो नियुक्त नेकपा एकीकृत समाजवादीका ४ मन्त्री र १ राज्यमन्त्री अहिले कार्यभार सम्हाल्न मन्त्रालयतिर लागेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा हिजो नियुक्त स्वास्थ्य मन्त्री भवानी खापुङ्ग,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ,शहरी विकासमन्त्री मेटमणी चौधरी,श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्री हिराचन्द केसी अहिले शीतल निवासको शपथलगत्तै आ-आफ्नो मन्त्रालयतिर लागेका हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा , गृहमन्त्री बालकृष्ण खाँण,सन्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,परराष्ट्र मन्त्री नारायण खड्का कानुनमन्त्री गाेविन्दप्रसाद शर्मा “बन्दी”,का.मु.प्रधानसेनापति रथि बालकृष्ण कार्की,सशस्त्र प्रहरीबलका महानिरिक्षक राजु अर्याललगायत करिब १९/२० जनाको सहभागिता थियो ।

टिप्पणीहरू