मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

कास्कीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । पोखरा महानगरपालिका १३, गौडामुखमा गएराति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

दुर्घटनामा स्थानीय ५३ वर्षीया जुनाकुमारी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । पैदलयात्री गुरुङलाई गएराति पौने १० बजे ग.११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

गम्भीर घाइते भएकी गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू