मुख सिलाएको बोरामा पुरुषको शव

मुख सिलाएको बोरामा पुरुषको शव

झापाको अर्जुनधारा–४ मा बोराभित्र शव भेटिएको छ । अन्दाजी ४० वर्षका पुरुषको शव बोराभित्र भेटिएका हो ।

बोराको मुख सिलाएको अवस्थामा शव भेटिएपछि हत्या आशंका गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी रुगम कुँवरले बताए । मृतकको अझै परिचय खुल्न सकेको छैन ।

मृतकको टाउकोमा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ । हिजो साँझ स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले शवलाई पोष्टमार्टमको निम्ति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।

टिप्पणीहरू