लागुऔषध दुरुपयोग र अवैध ओसारपसार कसरी हुन्छ ?

लागुऔषध दुरुपयोग र अवैध ओसारपसार कसरी हुन्छ ?

विश्वभर जुन २६ को दिनलाई लागुऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने गरिएको छ । यहि दिनको अवसर पारेर नेपाललगायत विभिन्न मुलुकले विभिन्न किसिमको आयोजना गर्दछन्।

यसै दिनको उपलक्ष्यमा म्यान्मार,कम्बोडिया तथा यमनले बर्षभरि बरामद गरिएका अवैध लागुऔषधहरुलाई औपचारिक रुपमा जलाएर नष्ट गरेका छन् । म्यान्मारले याङ्गुन, मन्डले र टाउन्जी शहरहरूमा बरामद लागूऔषधलाई जलाएको छ भने कम्बोडियाले ६ टनभन्दा बढी अवैध लागुऔषध र सामग्री जलाएको त्यहाँका सरकारी अधिकारीहरूले बताएका छन् । कम्बोडियाको राजधानी नोम पेन्हको डायमण्ड आइल्याण्डमा आयोजित एक समारोहमा उपप्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री सार खेङले बरामद अवैध पदार्थमा आगो लगाएका थिए ।

त्यसैगरी यमनको हुथी नियन्त्रित राजधानी सानामा बरामद लागूऔषध जलाइएको थियो । हेरौं,चिनियाँ समाचार संस्था सिन्ह्वाका प्रतिनिधिले खिचेका केहि तस्विर:

म्यान्मार

कम्बोडिया

यमन

 

टिप्पणीहरू