माधव नेपालका बहिनी ज्वाईं राजदूत नियुक्त

माधव नेपालका बहिनी ज्वाईं राजदूत नियुक्त

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाईंलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो अष्ट्रेलियाको राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कैलाशराज पोखरेललाई अष्ट्रेलियाको राजदूतमा नियुक्त गर्नुभएको हो ।

हिजै इजरायलका लागि नेपाली राजदूतमा कान्ता रिजाललाई पनि नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

उहाँहरु क्याबिनेटको सिफारिस, संसदीय समितिको सुनुवाई र सिफारिसपछि हिजो सम्बन्धित देशको निम्ति राजदूत नियुक्त हुनुभएको हो ।

टिप्पणीहरू