नेताहरुलाई कार्यालयभन्दा निवास नै प्यारो,ओलीकै पालाको जस्तो अप्ठ्यारो

नेताहरुलाई कार्यालयभन्दा निवास नै प्यारो,ओलीकै पालाको जस्तो अप्ठ्यारो

राजनीतिक दल र तिनका नेताहरुबीचको भेटघाट र छलफलको निरन्तरता हिजो पनि उस्तै देखियो । बिहानैदेखि त्यस्ता भेटघाट र कुराकानीले शीर्ष नेताहरुको निवासमा चहलपहल बढाएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ललितपुर खुमलटारस्थित निवासमा ऊर्जामन्त्री पम्फा भुसालबीच हिजो बिहान चिया समयमा आधा घण्टा कुराकानी भएको थियो ।

लगत्तै अध्यक्ष दाहाल नेता नारायणकाजी श्रेष्ठसँग भेटघाट गर्न उहाँको निवास हरिसिद्धि पुग्नुभयो । अध्यक्ष दाहाल र नेता श्रेष्ठबीच साढे दुई घण्टा कुराकानी भएको थियो ।

त्यहि समयमा कोटेश्वरस्थित नेपाल निवास नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता सोमप्रसाद पाण्डे र पर्यटनमन्त्री प्रेम आलेबीच आधा घण्टा सामूहिक वार्तालाप भएको थियो ।

हिजै सर्वोच्च अदालतमा निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग दिउँसो आधा घण्टा कुराकानी गर्नुभयो । त्यसपछि उहाँले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग अपरान्ह भेटवार्ता गरेर मन्त्रालय फर्कनुभयो । मन्त्रालयमा पत्रकार सम्मेलन गरेलगत्तै भएको मन्त्रिमण्डल पुनगर्ठनमा झाँक्रीलगायत उक्त पार्टीका चार जनाको सट्टा अरुलाई मन्त्रीमा नियुक्त गरिएको सूचना शीतल निवासले जारी गरेको थियो ।

हिजै बालुवाटारमा प्रधानमन्त्री देउवासँग परराष्ट्रमन्त्री डा. नारायण खड्काले दिउँसो केहीबेर भलाकुसारी गर्नुभयो । उहाँहरुको भलाकुसारी नसकिँदै मन्त्री झाँक्री बालुवाटार छिर्नुभएको बताइन्छ ।

टिप्पणीहरू