अन्ततः भयो मन्त्रिमण्डल पुनगर्ठन

अन्ततः भयो मन्त्रिमण्डल पुनगर्ठन

नेकपा एकीकृत समाजवादीको सिफारिसबमोजिम प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको क्याबिनेट पुनगर्ठन भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिमण्डल पुनगर्ठन गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा चार जना मन्त्री र एक राज्यमन्त्री मात्र परिवर्तन भएको उल्लेख छ । जसअनुसार जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका हुन् ।

हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

टिप्पणीहरू