अबदेखि गैरआवासीय नेपालीको खातामा पनि डलर

अबदेखि गैरआवासीय नेपालीको खातामा पनि डलर

गैरआवासीय नेपालीले डलर खाता खोल्न पाउने भएका छन् । उनीहरुको संस्था एनआरएनको सक्रियतामा नेपाल सरकारले डलर खाता खोल्न दिने प्रबन्ध मिलाएको हो ।

यसले विदेशमा बस्ने नेपालीलाई पनि सहज हुने एनआरएनले जनाएको छ । एनआरएनकाअनुसार यो सहज पहुँचको आवाज स्थापनाकालदेखिनै उठाउँदै आइएको हो ।

उसले आफ्ना सदस्यहरुलाई नेपाल सरकारले सहजीकरण गरिदिएको डलर खाताको उपयोग गर्न आग्रह समेत गरेको छ । सरकारको पछिल्लो निर्णयले आफ्नो मुलुकमा सम्पत्तिको सुरक्षा गर्न मिल्ने भन्दै एनआरएनका नेताहरु खुशी देखिएका छन् ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/nrna-Treasury-book-vol5-1.pdf” title=”nrna-Treasury-book-vol5 (1)”]

टिप्पणीहरू