एसपीपीको बाउ र मेलम्चीको घाउ

एसपीपीको बाउ र मेलम्चीको घाउ

अमेरिकाले सार्वजनिक गरेको एसपीपी वास्तवमा कसले ल्याएको रहेछ त भन्ने विषयमा अहिले धुँवाँधार विवाद चलेको छ । प्रचण्डले केपी ओलीले ल्याएको भन्नुभएको छ ।

केपी ओलीले सुशील कोइरालाले ल्याएको भन्नुभएको छ । अहिले सुशील कोइराला त हुनुहुन्न । यदि हुनुभएको भए उहाँले गिरिजाप्रसाद कोइरालाले ल्याएको भन्नुहुन्थ्यो होला ।

हाम्रोमा यो त चलनै छ । पञ्चायतकालमै शुरु भइसकेको थियो मेलम्ची परियोजना । त्यो शुरु गर्दा शायद लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनुहुन्थ्यो । तर गणतन्त्रकालमा आएर केपी ओली पनि मेलम्ची मैले ल्याएको हुँ भन्नुहुन्छ, प्रचण्ड पनि मैले ल्याएको हुँ भन्नुहुन्छ, शेरबहादुर देउवा पनि मैले ल्याएको हुँ भन्नुहुन्छ ।

तर सबैको पालामा आएको एसपीपीचाहिँ मैले ल्याएको हुँ भनेर जिम्मा लिन कोही तयार छैन । उल्ले उल्लाई देखाएको छ, उल्ले उल्लाई देखाएको छ । मानौं एसपीपी भनेको त कुनै बलात्कारको घटनाबाट जन्मिएको सन्तान हो जसको बाउ बन्न कोही पनि तयार छैन ।

यतिबेला एसपीपी नेपालमा आएर आफ्नो बाउ खोजिरहेको छ । सम्भावित बाउहरू भने उल्ले उल्लाई, उल्ले उल्लाई देखाएर म्युजिकल चेयर खेलिरहेका छन् ।

टिप्पणीहरू