महान्यायाधिवक्तामाथि जेलमा रहेका एमाले पूर्वसांसदलाई छुटाउन खोजेको आरोप

महान्यायाधिवक्तामाथि जेलमा रहेका एमाले पूर्वसांसदलाई छुटाउन खोजेको आरोप

महान्यायाधिवक्ता खम्बबहादुर खातीमाथि संगठित ठगीको आरोपमा जेल परेका अभियुक्त इच्छाराज तामाङलाई छुटाउन खोजेको आरोप लागेको छ । एमाले पूर्वसांसदसमेत रहेका तामाङ्गलाई रिहाइ गराउन महान्यायाधिवक्ता लागि परेको एमालेकै एक सांसदले आरोप लगाएका हुन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गङ्गा चौधरीले ठगी आरोपका अभियुक्तलाई छुटाउन खोजेको दाबी गर्दै महान्यायाधिवक्ता खातीको राजीनामाको मागसमेत गरेकी थिइन् ।

केहीदिन अघिमात्रै तामाङ्गलाई छुटाउन ‘एमाले वकिल’ रुद्रप्रसाद पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई मोटो रकम अफर गरेको अडियो सार्वजनिक भएको थियो । एमाले कानुन विभागका सदस्यसमेत रहेका पोखरेल घुस काण्डमा मुछिएपछि एमालेमाथि समेत नैतिक प्रश्न उठेका बेला सांसद चौधरीको यस्तो भनाइ आएको हो ।

टिप्पणीहरू