घटेको भाउबमोजिम सवारी भाडा तिर्न आग्रह

घटेको भाउबमोजिम सवारी भाडा तिर्न आग्रह

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको गाडीभाडा घटाएको छ । नेपाल आयल निगमले इन्धनको भाउ घटाएसँगै विभागले गाडीभाडा घटाएको हो ।

आयल निगमले गए रातिबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ घटाएको थियो । सोहीअनुसार विभागले अन्तरप्रदेश यात्रुवाहक सवारीमा पाँच दशमलव ४१ प्रतिशतले भाडा घटाएको छ ।

त्यस्तै, पहाडी मार्गमा गुड्ने मालवाहक सवारीमा ६ दशमलव ९७ र तराईका सडकमा चल्ने मालवाहक सवारीमा सात दशमलव ६८ प्रतिशतले भाडा घटाइएको छ ।

सरकारले सार्वजनिक सवारीको भाडादर स्वःचालित आधारमा गर्ने व्यवस्था कार्यान्वयन गरेको छ । विभागले कायम गरेको नयाँ भाडादर आजदेखि लागू भएको हो । यात्रुहरुलाई नयाँ भाडादर अनुसारको रकम मात्र तिर्न आग्रह गरिएको छ ।

टिप्पणीहरू