सेनापतिज्यू, अन्य दर्जाको कर्तुतचाहिँ खै हेरेको ?

सेनापतिज्यू, अन्य दर्जाको कर्तुतचाहिँ खै हेरेको ?

नेपाली सेनामा बढ्दो भ्रष्टाचार र बेइमानीका समाचार धेरै पढियो तर अधिकृतहरूको मात्रै । सेनाले तल्लो दर्जाले गरेको खराब काम र भ्रष्टाचार कहिल्यै देखेन । जुन कुरा छरपष्ट भएर मिडिया छाएको छ । सुनेका छौँ सेनामा धेरै अधिकृत र पदिकको सोधपुछ चलेको छ । भूपू वा बहालवाला सबैमा । यही कारण हामीलाई पनि देखे/भोगेको कुरा राख्न मन लाग्यो जुन छानबिन र इन्क्वायरी समितिमा पुगोस् र अझ प्रमाण र कारबाही गर्न सजिलो होस् ।

कुरा धेरै र जटिल छन् जुन पत्याउन गाह्रो होला । सेनाको मालामाल र आम्दानी हुने संस्थामा आफन्त र चिनेको मान्छे सरुवा गरेर हाकिम र अन्य परिवार पोस्ने प्रचलन छ र हुँदै आएको छ । जुन कुरा मिडियामा धेरै आए तर कसैबाट यसको वास्ता र कारबाही भएन । तर, अहिलेका प्रधानसेनापतिको नियम र कानुनले केही गर्ने र गरेको सुन्न पाउँदा हर्षित छाँै । सेनामा भएका खराब कसिंगरमा हटाउने र स्वच्छ इमान्दारको कदर गर्ने संस्था हो नेपाली सेना भनी जनतामाझ पु¥याउने काम हो हामी नेपाली पीडित समाजको ।

सेनाको धेरै आम्दानी हुने शान्तिसेना तालिम केन्द्र पाँचखालमा कमाण्ड गरेको कमाण्डेण्टहरूको र अन्य दर्जाको सोधपुछ र इन्क्वायरी हुँदै छ रे ! ठीक लाग्यो र केही थप्न मन लाग्यो जुन भएको छ र थियो । विदेशी सहयोग र तालिममा आएको रकम र सामानको चरम घोटाला भएको र शान्तिसेनाका लागि खटिने सिपाहीहरूको रासनको पैसामा रजाइँ गर्ने अखडा हो त्यो केन्द्र । अहिलेसम्म जति पनि कमाण्डेण्टले कमाण्ड गरे टन्न भए र अरूलाई पनि बनाएर गए । त्यहाँ सि.सु. र पति मिलेर चरम दुरुपयोग गरेको घटना धेरै मिडियामा आए, गए तर कारबाही त के एकसिक्का पनि तलमाथि गर्ने आँट कसैले गरेन । किनकि त्यो रकम र कमिशन माथिसम्म सम्बन्धित निकायमा पहिल्यै पुग्ने र हाकिम रमाउने भएपछि कसले गर्ने ?

अहिले आशा पलाएको छ कि पुराना र अहिलेका कमाण्डेण्टहरूको छानबिन र त्यहाँ भएका र गएका सि.सु.को पनि छानबिन होस् । पति र सि.सु.को कर्तुत र नराम्रो थाहा पाउने जो–कोही होस् आज सरुवा गर्ने र धम्क्याउने काम गरेर आएका छन् र कतिलाई कुरा नमिलेर बढी भयो भनेर सरुवा र जागिरबाट कुरा लगाएर सि.सु.ले हटाउने गरेको उदाहरण धेरै छन् । जो–कोही काज होस् या दरबन्दी । सि.सु.विन्दुकाजी रञ्जितकार जो निवेशमा रासन घोटाला गरेर सरुवा पठाएको थियो तर सोही सि.सु.भएपछि सबैलाई कारबाही र कुरा लगाएर कमाउन कमाए र सबैलाई मेरो बारेमा केही भनिस् भने सरुवा गरिदिन्छु वा जागिर खाइदिन्छु भन्थे रे !

आज कसरी हात्तीवनमा ५ तले घर बनाए । के सिपाहीको जागिरले बन्छ ? अहिले बहालमा रहेको सि.सु.मिठुराम वि.क.पनि उहीँ छन् रे जो २० वर्ष त्यहाँ रजाइँ गरेर आज सि.सु.को दर्जामा छन् र कैयौँ घोटाला गरेका छन्, मैनासुनुवार काण्ड पनि बचाए, धेरैलाई व्यक्तिगत रिसइबीका कारण सरुवा गरे हाकिमलाई सिपाहीको कुरा लगाएर आफू राम्रो बन्न हाकिम रिझाए, केन्द्रको वरिपरि रहेको कालिज मार्न लगाएर हाकिमको घरमा चाकडी गर्न गए र अहिले उनले पनि इटहरी नपा–४ तले घर बनाएर साथै श्रीमतीलाई गोल्ड सप खोलिदिएका छन् रे कहाँबाट आयो चप्पल लगाएर सिपाहीको जागिर खाएकाको ? । त्यहाँ कमाण्ड चलाएका म.से.देवेन्द्र मेघासी, प्रयोग राणा, नवीन सिलवाल, हीरालाल जोशी, ईश्वर हमाल साथै सुमांगत कटुवाल जो चिफसावका छोरा उसले त झन् राज नै गरेर अकुत सम्पत्ति कमाएका थिए । आज अधिकृत र पदिक नमिली यत्रोका म कदापि यसका लागि त्यहाँ कार्यरत लेखा कर्मचारीलाई पनि सोधपुछ होस् ता कि दूधको दूध पानीको पानी थाहा हुन्छ चिफसाब ।

अर्को कुरा विकास निर्माण निर्देशनालयमा उ.र.बस्नेतको पालामा त्यहाँका लेखा, अधिकृत र पदिकहरूले गरेको त्यसबेलाको सबै छानबिन होस् जुन भनेर साध्य छैन, चिफसाव जो आज पनि कोही अधिकृत भए कोही जागिर छाडेर विदेश गए । यो सबै उदाहरण मात्र हुन्, चिफसाव यिनीहरू सबैलाई छानबिनको दायरामा ल्याएमा सबै कुरा सफा भई संस्था र सेनाको अब हुने कमाण्ड र निर्देशन पनि उच्च हुने थियो ।

सैनिक ब्याण्ड गुल्मको त के कुरा गर्नु त्यहाँ झन् पदिक र अधिकृत त आफ्नैजस्तो गर्छन् । पति त झन् कसरी हुन्छ कमाउने र आफ्नो प्यानललाई मात्रै अगाडि कोर्स क्याडेट र तालिम शा.से. पठाउने गर्छन्, यो कसले हेर्छ ? जसले कमिसन बुझायो त्यो हरेक सुविधाको भागेदारी भो जसको कोही छैन उसले न केही पायो न केही, सायद यो सबै चलिआएको कुरा हो ।

अधिकृतको कुरा काट्ने र भनेको नमानी अधिकृत वा कमाण्डरको अगाडि सान र मान नराख्ने पदिक वा सुवेदार जो सुरक्षा परिषद्मा कार्यरत छन् उनको सेनामा हुने अनुशासन र योग्यताको पनि छानबिन होस् जो नयाँ आएका हाकिमलाई पुराना अधिकृत र पुराना हाकिम यस्तो–उस्तो भनेर कुरा लगाउने नटेर्ने र निजामती कर्मचारीलाई सेनाबारे सुराकीको जस्तो कुरा भन्दै हिँड्ने र सिपाहीलाई व्यक्तिगत काममा पेल्ने र नमाने सरुवा गरिदिन्छु भनेर शक्ति देखाउने पदिकको पनि कारबाही होस् जसलाई कटुवाल काण्डमा काज सरुवा गरेर सुदूरपश्चिम पृतना पठाइएको थियो । जो आज शक्तिको आडमा राज गरेर बसेका छन् रे ! जुन परिषद्मा १३ जना दरबन्दीमा किन चाहियो सुवेदार दरबन्दी चिफसाब र एउटा जमदारले काम चल्दैन र ?

– शुभचिन्तक

टिप्पणीहरू