केपी ओलीको चर्को आलोचना गर्दै झलनाथले भन्नुभयो : निर्वाचनमा कुनैपनि शक्तिसँग सहकार्य गर्न सकिन्छ

केपी ओलीको चर्को आलोचना गर्दै झलनाथले भन्नुभयो : निर्वाचनमा कुनैपनि शक्तिसँग सहकार्य गर्न सकिन्छ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी धारको विकास गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित चौथो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले आफूहरुको नेतृत्वमा क्रान्तिकारी धार निर्माण गरेर मात्र समाजवादमा पुग्न सकिने बताउनुभएको हो ।

उहाँले विचारमा क्रान्तिकारिता भए लुरे मान्छे पनि बाघ भएर निस्कने बताउँदै भन्नुभयो, ‘लेनिनको क्रान्तिकारी विचारले मात्रै क्रान्ति सफल भएको हो ।’

खनालले आफ्नो पार्टी बुर्जुवा शक्तिको विरोधीको रूपमा रहेकाले समाजवादी क्रान्तिको वाहकको रूपमा बलियो पार्टी निर्माण गर्न आग्रह गर्नुभयो । अगाडि भन्नुभयो, ‘हाम्रो पक्षमा आमजनतामा लहर आइरहेकाले क्रान्तिकारी सिद्धान्त,शैली र परम्परा जोगाउँदै समाजवादी क्रान्ति सम्पन्न गर्न तयार रहनुपर्छ ।’

अहिलेको गठबन्धन समाजवादी क्रान्तिसम्म नपुग्ने उहाँको तर्क छ । ‘त्यसैले मोर्चाबन्दी गर्दा समान विचारधाराहरुको बीचमा गरिनुपर्ने, बहुआयामिक वर्गसंघर्ष गर्नुपर्ने र किसान, महिला, गरिवविरुद्ध भएका अन्याय अत्याचारका विरुद्ध संघर्ष गर्नुपर्छ,’ उहाँले उल्लेख गर्नुभयो ।

ओली सरकारले चारपटक बजेट ल्याउँदासमेत पार्टीलाई जानकारी नगराएको वास्तविकता खोल्दै भन्नुभयोे, ‘त्यतिखेरको प्रतिपक्षी पनि निदाएको थियो । कतिपय नेता त संसदमै देखिँदैनथे । यस्तो अवस्थामा पनि सहयोग पाइन भन्नु केपी ओलीको प्रलाप मात्रै थियो ।’

नेता खनालका अनुसार चुनावदेखि चुनावसम्म नभई संसदमा पनि जनताका आवाज उठाउनुपर्ने र त्यसबाट क्रान्तिकारी संसदवादी होइने रोडम्याप प्रस्तुत गर्नुभयो ।

समसामयिक राजनीतिको व्याख्या गर्ने क्रममा उहाँले तत्कालीन नेकपाको दुई तिहाईको सरकार हुँदा पनि नेतृत्वले गुटको नायकको पक्षपोषण गर्दै सरकार चलाएका कारण ओली सरकारको अन्त्य भएको आरोप लगाउनुभयो । तत्कालीन ओली सरकारले भरतमोहन अधिकारी पहिलो पटक अर्थमन्त्री हुँदा ल्याइएका जनमुखी कामसमेत कटौतीको प्रयास गरेको दाबी गर्नुभयो ।

ओली गुटले नीति, विचार र सिद्धान्तका कुरा एकातिर थन्क्याएर पार्टीका मूल्यमान्यता, दृष्टिकोण मिच्ने काम गरेको उहाँको निश्कर्ष छ । ‘दक्षिणपन्थीको मतियार बन्दै ओलीले बालुवाटारप्रति बफादार रहेकालाई मात्र च्याप्ने काम गरेकाले पार्टीको हालत रसातलमा पुगेको हो,’ उहाँले भन्नुभयो ।

उहाँले ओली सरकारले चारपटक बजेट ल्याउँदासमेत पार्टीलाई जानकारी नगराएको वास्तविकता खोल्दै भन्नुभयोे, ‘त्यतिखेरको प्रतिपक्षी पनि निदाएको थियो । कतिपय नेता त संसदमै देखिँदैनथे । यस्तो अवस्थामा पनि सहयोग पाइन भन्नु केपी ओलीको प्रलाप मात्रै थियो ।’

खनालले केपी ओलीको कारण दुई दुईपटक प्रतिनिधिसभा विघटन भएको स्मरण गर्नुभएको छ । संसदमा नेकपाको दुई तिहाईको शक्ति भए पनि ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढालेकाले प्रगतिशील कानून र एजेण्डा पारित गर्न सक्ने सम्भावनालाई निस्तेज उनै अध्यक्ष तथा प्रधानमन्त्रीले गरेकोमा रोष व्यक्त गर्नुभयो ।

उहाँले नवौँ महाधिवेशनमा केपी ओली गुट हाबी भएकाले पार्टीमा दुर्भाग्यपूर्ण परिस्थिति निर्माण भएको बताउनुभयो । भन्नुभयो, ‘वैचारिक, राजनीतिक रूपमा दक्षिणपन्थी, प्रतिगामी, फुटवादी, गुटवादी रूपमा केपी ओली गुट अगाडि बढेका कारण पार्टीमा विद्रोह गर्नुपर्यो ।’

ओलीमा त्यो अहंकार अहिले पनि कायम रहेको उहाँको दाबी छ । ओलीको अहंकारकै कारण पाँचदलीय गठबन्धन गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘मुलुकको स्थायित्वका लागि मात्र गठबन्धन गरिएको हो । कमसेकम हामीले मुलुकको संविधानको रक्षा गरेका हौं । स्थानीय तह निर्वाचन हाम्रा लागि पूर्णरुपले फलदायी नभएकाले आगामी निर्वाचनमा आवश्यकताअनुसार कुनैपनि शक्तिसँग सहकार्य गर्ने रणनीतिक योजनाका साथ अगाडि बढ्नुपर्छ ।’

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/orca_share_media1656168716531_6946475072423498603.pdf”]

टिप्पणीहरू