रामकुमारीहरु हिजो बालुवाटार,अहिले खुमलटार,३ मन्त्रीबाहेक सबैको हस्ताक्षर फिर्ता

रामकुमारीहरु हिजो बालुवाटार,अहिले खुमलटार,३ मन्त्रीबाहेक सबैको हस्ताक्षर फिर्ता

नेकपा एकीकृत समाजवादीका तीन मन्त्रीबाहेक अरुले हिजो बुझाएको हस्ताक्षर फिर्ता लिएका छन् । हिजो दिउँसो पार्टी पोलिटव्युरो बैठकअघि अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई सम्बोधन गर्दै क्याबिनेटका चार मन्त्रीसहित १० जनाले मन्त्रीको जिम्मेवारीबाट फिर्ता गराउने पार्टी निर्णय कार्यान्वयन नगर्न ध्यानाकर्षण गराएका थिए ।

तीमध्ये आज पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले,सांसदहरु धनबहादु बुढा,कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकीले आज हिजोको हस्ताक्षर फिर्ता लिएका हुन् ।

आठ बुँदे मागसहित अध्यक्ष नेपाललाई संसदीय दलको बैठक बोलाउन दिइएको ध्यानाकर्षण फिर्ता गरेको जानकारी गराउँदै उनीहरुले पार्टी निर्णय मान्य हुने धारणा राखेका छन् ।

हिजो दिउँसो पार्टी बैठकमा समेत सहभागी भएकामध्ये सहरी विकास मन्त्री रामकुमारी झाँक्री र स्वास्थ्यमन्त्री विरोध खतिवडाले प्रधानमन्त्री निवास पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए भने अघि खुमलटार पुगेर माओवादी अध्यक्ष प्रचण्डलाई भेटेको श्रम मन्त्री किसान श्रेष्ठले बताए ।

 

टिप्पणीहरू