भारतीय जासुसी सँस्था ‘र’ प्रमुख सामन्तको म्याद थपियो

भारतीय जासुसी सँस्था ‘र’ प्रमुख सामन्तको म्याद थपियो

भारतीय खुफिया एजेन्सी ‘र” का प्रमुख सामन्तकुमार गोयलको पदावधि थपिएको छ । सन्तोषजनक कार्यसम्पादनको कदरस्वरुप यहि जुन ३० देखि लागु हुनेगरी उनलाई एक वर्षको म्याद थप्ने निर्णय भएको हो ।

भारतीय क्याबिनेटको हिजो बसेको बैठकले गोयलको म्याद थप गरेपछि हिजै १९ वटा निकायलाई बोधार्थ दिइएको छ ।

क्याबिनेटले भारतीय गुप्तचर व्युरो (आइबी) को निर्देशकमा तपन डेकालाई पनि हिजै नियुक्त गरेको छ । उनलाई दुई वर्षको निम्ति नियुक्त गरिएको क्याबिनेट सचिव दिप्ती उमाशंकरले जारी गरेको सर्कुलरमा उल्लेख छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई मध्यराति बालुवाटार पुगेर गोप्य भेटघाट गरेको घटनापछि नेपालमा गोयल चर्चित छन् ।

 

टिप्पणीहरू