बिरोध र रामकुमारी राती फेरि किन गए बालुवाटार ?

बिरोध र रामकुमारी राती फेरि किन गए बालुवाटार ?

नेकपा एकीकृत समाजवादी पार्टीका दुई जना मन्त्री हिजो साँझ पनि बालुवाटार छिरेका छन् । सहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले हिजो साँझ बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका हुन् ।

उक्त भेटमा नेपाली काँग्रेस नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला पनि सामेल भएको मन्त्री खतिवडा निकट श्रोतले बतायो ।

त्यसअघि एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य तथा मन्त्री झाँक्री,खतिवडालगायतका सांसदहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको बैठक बोलाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

यसअघि पार्टी कार्यालय आलोकनगरमा १० जना सांसदले मन्त्रीहरु फेर्ने यसअघिको पार्टी निर्णय मान्न नसकिने भन्दै संसदीय दलको बैठक बोलाउन अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा,शहरी विकासमन्त्री रामकुमार झाँक्री,संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सांसद्हरु कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरु जैरुको हस्ताक्षर छ ।

एकीकृत समाजवादीका मन्त्रीहरुले यसअघि पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संसदबाट बजेट पारित नहुञ्जेल पदमुक्त नगराउन आगह गरेका थिए ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले हिजोको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन नगरे त्यसको परिणाम राम्रो नहुने बताउनुभएको छ ।

टिप्पणीहरू