मध्यरातमा स्वयम्भू नजिकै दुर्घटना, मृतकको साथमा साढे २ लाख नगद र ४ लाखको चेक

मध्यरातमा स्वयम्भू नजिकै दुर्घटना, मृतकको साथमा साढे २ लाख नगद र ४ लाखको चेक

गएराति स्वयम्भू नजिकै भएको दुर्घटनामा मोटरसाइकल चालकको निधन भएको छ । पौने २ बजे अन्नपूर्ण चोकमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

दुर्घटनामा बा. ०१–०१७ प ०९६८ नम्बरका मोटरसाइकल चालकको अस्पतालमा उपचारको क्रममा बिहान २ बजे निधन भएको हो ।
उदयपुर कटारी घर भई ललितपुरको टिकाभैरव बस्ने अनिल रावतले चलाएको बा. २ क ७२९३ नम्बरको ट्रिपरले सिन्धुलीको कमलामाई नगरपालिका ११ स्थायी घर भई कलंकी बस्ने ४२ वर्षे फणिन्द्रबहादुर कार्कीको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घटनापछि महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले गम्भीर घाइते कार्कीलाई उपचारको निम्ति नजिकैको मनमोहन मेमोरियल अस्पताल लगे पनि उपचारको क्रममा राति २ बजे मृत घोषणा गरिएको बताइन्छ ।

मृतकको साथबाट प्रहरीले दई लाख ५० हजार दुई सय नगद र चार लाखको चेक फेला पारेको छ । मृतकको शव स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा राखिएको छ ।

 

टिप्पणीहरू