राष्ट्रिय सभा बैठकमा मन्त्रीहरु शून्य

राष्ट्रिय सभा बैठकमा मन्त्रीहरु शून्य

राष्ट्रिय सभाको आजको बैठकमा मन्त्रीहरुलाई तोकिएको समयमा उपस्थित हुन रुलिङ भएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका मन्त्रीहरूलाई सामूहिक र व्यक्तिगत रुपमा संघीय संसदप्रति उत्तरदायी हुने व्यवस्था संविधानमा रहेको भन्दै जिम्मेवार बन्न रुलिङ गर्नु भएको हो ।

उहाँले लोकतान्त्रिक प्रणालीमा सार्वजनिक जवाफदेहीताको विशेष महत्व हुने भन्दै सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अघि बढाउन मद्दत गर्न र सदनमा उठेका प्रश्नको जवाफ दिन सम्बन्धित मन्त्रीहरू जिम्मेवार हुनुपर्ने बताउनु भयो । मन्त्रीहरुलाई ठीक समयमा सदनमा उपस्थितभई जनताप्रति जवाफदेही बन्न अध्यक्ष तिमिल्सिनाको रुलिङ थियो ।

टिप्पणीहरू