प्रचण्ड निवास छिर्नेमा हिजो ऋषि धमला,आज अमरेशकुमार

प्रचण्ड निवास छिर्नेमा हिजो ऋषि धमला,आज अमरेशकुमार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा हिजो र आज पार्टीका नेता तथा कार्यकर्ताभन्दा फरक अनुहार छिरेका छन् । ललितपुरको खुमलटारस्थित दाहाल निवासमा हिजो बिहान पत्रकार ऋषि धमला पुगेका थिए ।

धमलाले अध्यक्ष दाहालसँग बिहानको चियासँगै झण्डै एक घण्टा कुराकानी गरेको बताइन्छ । कुराकानीपछि उनले विशेष अन्तरवार्ता भन्दै क्यामरा खोलेर माइक्रोफोन तेर्साएका थिए ।

आज त्यहि निवासमा अध्यक्षलाई भेट्न भारतीय दूतावासनिकट नेपाली काँग्रेसका साँसद अमरेशकुमार पुगेका छन् । आज सिंह अध्यक्षलाई भेटेर झण्डै मध्यान्ह १२ बजेको हाराहारीमा खुमलटारबाट बाहिरिएका थिए ।

भारतीय राजनीतिक दलका नेताहरुसँग विशेष सम्बन्ध बनाएका नेपाली पात्रहरुले अध्यक्ष दाहाललाई भेट्ने गरेको घटनाले अधिकांशलाई समय समयमा झस्काउने गरेको छ ।

टिप्पणीहरू