माधव नेपालका ज्वाइँको आयो एग्रिमाे

माधव नेपालका ज्वाइँको आयो एग्रिमाे

नेपालको प्रतिनिधित्व गर्दै राजदूत बनेर जानेहरूको एग्रिमो (स्वीकृत) धमाधम आउन थालेको छ । पछिल्लो पटक छिमेकी मुलुक चीनका लागि नेपाली राजदूतको रूपमा पठाइएका धादिङे शिक्षक तथा मानवअधिकारवादी नेता विष्णुपुकार श्रेष्ठलाई बेइजिङले स्वागत गर्न तयार रहेको पत्र पठाएको छ ।

त्यसैगरी, अर्को चर्चित मुलुक अष्ट्रेलियाको लागि कैलाश पोखरेल र कतारको लागि नरेशविक्रम ढकालको नाममा पनि एग्रिमो आएको छ । जानुअघि उनीहरूलाई सातदिने अभिमुखीकरण तालिम दिइएको छ ।

परराष्ट्र मन्त्रालयको हलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म राखेर सञ्चालित तालिममा २३ जनाको सहभागिता थियो । तालिम प्रशिक्षकका रूपमा भने परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यवाहक कार्यकारी निर्देशक राजेन्द्र पाण्डेदेखि वाणिज्य बैंकका अध्यक्ष र विभिन्न विषयका प्राध्यापकसम्म थिए ।

सशस्त्रका पूर्व आईजीपी राजेश श्रेष्ठले अवकाशप्राप्त गरेपछि कार्यवाहक प्रमुखको जिम्मेवारीमा आएका हुन् पाण्डे । उनी नेकपा एस अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँ तथा अर्थका पूर्व कर्मचारी कैलाश पोखरेल जान लागेको अष्ट्रेलियास्थित दूतावासमा केही समय कार्यवाहक राजदूत थिए ।

तालिमको क्रममा राजदूतहरूलाई चम्चा, काँटा चलाएर भुजा ज्यूनार गर्नेदेखि विदेशीसँग बस्दा, उठ्दा, बोल्दाको सीपसमेत सिकाइएको बताइन्छ ।

टिप्पणीहरू