पुलिस देखेपछि गाँजा फालेर भागाभाग

पुलिस देखेपछि गाँजा फालेर भागाभाग

बारामा १३ केजी गाँजासहित एक जना समातिएका छन् । निजगढ नगरपालिका–१ धनसर पुल नजिकबाट गाँजासहित उनलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–३ का ३३ वर्षीय लाल काजी हुन् । प्र.३–०२–०१० प ३४९३ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक लालकाजीको साथबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

मोटरसाइकल पछाडि सवार एक महिलाले प्रहरी देखेसँगै आफूले बोकेको झोला जङ्गलमा फालेर भागेकी थिइन् । त्यसपछि प्रहरीले झोला र मोटरसाइकल चालकले बोकेको झोला तलासी गरेको हो । हाल फरार महिलाको खोजी भैरहेको छ भने पक्राउ परेका लालकाजीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू