एमाले अध्यक्षको ढोका बाहिर शंकास्पद वस्तु

एमाले अध्यक्षको ढोका बाहिर शंकास्पद वस्तु

नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको घरको ढोका बाहिर शंकास्पद वस्तु फेला परेको छ । गौरादह नगरपालिका–३ स्थित कार्कीको निवास छिर्ने ढोका बाहिर उक्त वस्तु फेला परेको हो ।

बिहान साढे ५ बजेको समयमा प्रवेशद्वारको अगाडि तारजडित प्रेसर कुकर देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । शंकास्पद वस्तु डिस्पोज गर्न चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दिलीप गिरीका अनुसार शंकास्पद वस्तु कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू