योग दिवसमा योगाको विश्वव्यापी आकर्षण (तस्विरमा)

आफ्नो शरीर स्वस्थ र तन्दुरुस्त बनाउनको लागि अहिले प्राकृतिक पूर्वीय व्यायाम योगातिर विश्वव्यापी आकर्षण बढ्दो छ र यसको विश्वव्यापी आकर्षणलाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघले योग अभ्यासका धेरै फाइदाहरूका बारेमा विश्वव्यापी चेतना जगाउन जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा घोषणा गरेको थियो ।
यो दिवस मनाउनको लागि विभिन्न मुलुकले आ-आफ्नै किसिमको कार्यक्रमहरु गर्ने गरेका छन्”। नेपालमा भारतीय दूतावासद्वारा आयोजित योगदिवसको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न सरकारी निकायका वरिष्ठ व्यक्तिहरु उपस्थित भएका थिए भने भारतमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीले योगभ्यासमा भाग लिएका थिए । हेरौं, सिन्ह्वाका प्रतिनिधिहरुले पाकिस्तान,सिंगापुर, भारत,श्रीलंका र नेपालमा खिचेका केही तस्विर:
श्रोत: सिन्ह्वा
टिप्पणीहरू