ग्लोबल आइएमई बैंकको ‘मेरो आफ्नै डेबिट कार्ड’

ग्लोबल आइएमई बैंकको ‘मेरो आफ्नै डेबिट कार्ड’

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई उनीहरुको आफ्नै छनोटका डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने भएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत नयाँ सुविधाको योजना ल्याएको हो ।

उक्त योजनाअन्तर्गत डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्नेछ । कार्ड प्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइनअनुसारको कार्डलाई भर्चुअल रूपमा हेर्न र आफूलाई मनपर्ने डिजाइन छनोट गर्न सक्नेछन् ।

ग्राहकहरुसँग वेबसाइटमा पूर्व–डिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने धेरैवटा विकल्प समेत उपलब्ध रहेको बैंकले जनाएको छ ।

टिप्पणीहरू