बेलायतको इतिहासमा ३० बर्षपछिको सबैभन्दा ठूलो रेल हड्ताल (भिडियोसहित)

बेलायतको इतिहासमा ३० बर्षपछिको सबैभन्दा ठूलो रेल हड्ताल (भिडियोसहित)

अहिले बेलायतमा ३० बर्षपछिको सबैभन्दा ठूलो रेल हड्ताल चलिरहेको छ,जसले गर्दा इङ्गल्याण्ड,स्कटल्याण्ड र वेल्सभित्र चल्ने रेल्वेसेवा र यात्रामा ठूलो अवरोध ल्याउन सक्ने आंकलन गरिएको समाचार चिनियाँ समाचार संस्था सिन्ह्वाले आफ्नो बुलेटिनमा प्रकाशित गरेको छ। अस्ति सोमबार युनियन र रेल अपरेटरहरू बीचको अन्तिम वार्ता बिना निष्कर्ष टुंगिएपछि युनाइटेड किंगडम (युके) नेशनल युनियन अफ रेल र मेरिटाइम एन्ड ट्रान्सपोर्ट वर्कर्स (RMT) ले हड्तालको अनुमति दिएको थियो।

मंगलबार मध्यराती १२ बजे रेल्वेका कर्मचारीले काम छोडेपछि करिब २० प्रतिशत यात्रु ट्रेनहरू मात्र चल्ने तालिका बनाइएको थियो भने बिहीबार र शनिबार पनि कर्मचारीहरुले काम नगर्ने जनाइएको छ जसले गर्दा लाखौं यात्रुहरू प्रभावित हुँदैछन् । यो हड्तालमा ४० हजार भन्दा बढी RMT युनियनका सदस्यहरू सहभागी हुने उल्लेख गरिएको छ,जसमा सुरक्षा गार्ड, खानपानको व्यवस्था हेर्ने कर्मचारी, संकेतक तथा रेल्वेट्र्याकको मर्मतसम्भार हेर्ने कर्मचारीहरु रहेको जनाइएको छ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू