अमेरिका जानुभएका प्रधानसेनापति बल्ल सिरिया पुग्नुभयो

अमेरिका जानुभएका प्रधानसेनापति बल्ल सिरिया पुग्नुभयो

अमेरिकाको पाँच दिने औपचारिक भ्रमणको लागि असार ४ गते काठमाडौंबाट प्रस्थान गर्नुभएको प्रधानसेनापति प्रभुराम शर्मा बल्ल लेबनानको भ्रमण सकाएर सिरिया पुग्नुभएको छ । उहाँ हिजो लेबनानबाट सिरिया जानुभएको हो ।

लेबनान भ्रमणको अन्तिममा उहाँले हिजो दिउँसो त्यहाँका राष्ट्रपति मिसेल औनसँग भेटवार्ता गर्नुभएको थियो । भेटपछि उहाँ युएन मिसन सिरिया प्रस्थान गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उहाँ असार १३ गते अमेरिका प्रस्थान गरेर असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

लेवनानको भ्रमणमा रहनुभएका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका राष्ट्रपति मिसेल औनसँग शिष्टाचार भेट गर्नुभएको छ।

टिप्पणीहरू